काठमाडौं : माओवादी घटकका आठ राजनीतिक दलले आज पत्रकार सम्मेलन गर्दैछन्।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो।

दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रमहरू  सार्वजनिक गरिने जनाएको छ।

द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायअनुसार निवारण हुनुपर्नेमा नियमित अदालती प्रक्रियाबाट अगाडि बढाइएको भन्दै माओवादी पृष्ठभूमिका सबै दलहरू एक ठाउँमा उभिएका हुन्।उनीहरूले शान्ति प्रकिया भाँड्न खोजे चुप लागेर नबस्ने चेतावनी यसअघि नै दिइसकेका छन्।

२०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सव समारोहमा प्रचण्डले द्वन्द्वमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध सामूहिक नरसंहारको मुद्दा दर्ता भएको हो। सर्वोच्च अदालतले प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय