पोखरा महानगरपालिका भइरहेको ‘मेट्रो मिट नेपाल’ महानगर प्रमुख तथा उपप्रमुखहरुको सम्मेलनमा महानगरपालिकाका मुख्य योजनाहरु तर्जमा गर्ने तथा त्यसलाई कार्यान्वयनका चुनौतीहरु बारे अनुभव आदानप्रदान गर्ने सम्मलेन कार्यक्रम सप्पन्न भएको छ ।

काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम सम्मेलनमा पुगेका हुन् ।साझा अधिकार र साझा समस्याबारे प्रमुखहरुले छलफल गरी आउदा दिनको कार्यदिशाबारे एजेण्डा तयार पारेका छन् ‘मेट्रो मिट नेपाल’ नाम दिइएको यो सम्मेलनमा महानगरका साझा समस्या र अबका कार्ययोजनाबारे छलफल भएको छ।

सम्मेलनमा मुख्यगरी फोहर व्यवस्थापन, पूर्वाधार तथा विकास निर्माणको व्यवस्थापन र समन्वयबारे छलफल भएको थियो । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।महानगरलाई थप उत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न पनि सम्मेलन फलदायी रहेको उहाँको भनाइ छ । २ दिनसम्म छलफल र विभिन्न विषयमा विज्ञहरुको प्रस्तुतिपछि मेयर सम्मेलनले पोखरा घोषणापत्र तयार पारेको छ ।

उक्त बृहत सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवम् क्षेत्रीय योजनाकार डा.जगदिश चन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा मुख्य प्रस्तुति राख्नुभएको थियो भने पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा. अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीबारे प्रस्तुति राख्नुभएको थियो।पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित काठमाण्डौ, ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय