मेयर बालेनलाई राजिनाको दबाब आएको खुलासा ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकबाट उक्त विषय सार्वजनिक गरेका छन । मेयर शाहले लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने।उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।







