१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् ।
मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध अभियान्ता सुमन सायमी लगायत उपत्यका बासीहरुले डोजर आतंक मचायाको भनि नाराबाजी र आन्दोलन भएको थियो ।गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।
महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।केहि सयमा अघि सुकुम्बासी हटाउन कै लागी भनी गृहमन्त्रालय लाइ सहयोग समेत मागेक थियो भने केही ठाउँमा काम रोकिन थालेपछि बालेनले गृहमन्त्री भइसकेपछि रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।







