मेलोनी इटालीका पहिलो महिला प्रधानमन्त्री बन्दै ।इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका हुन् ।

कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ ।

इटालीका महिला प्रधानमन्त्रीका लागि अहिले देखिने चुनौतीको रुपमा ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका  हुनेछ भनी विष्लेशकको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय