राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले हालै आफ्नो पदबाट राजीनामा दिएका छन्।

दशैँअघि नै दिएको राजीनामा स्वीकृत भएको पार्टी स्रोतले जानकारी दिएको छ। राजनीतिक सक्रियतामा बढी केन्द्रित हुनका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ।

रास्वपाको विधानअनुसार ११ सदस्यीय अनुशासन आयोगमा न्यौपानेको राजीनामा पछि अहिले चार मात्र सदस्य रहेका छन्। अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमणमा रहेका कारण, उनी असक्त हुँदा, कार्यवाहक प्रमुखको रूपमा काम गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय