काठमाडौं, : नेपाली फिल्म ‘रावायण’ बक्स अफिसमा सोछे अनुसार सफल नभए सँगै अभिनेता पल शाहका पूर्व मेनेजर कृष्ण जोशीले तीव्र आलोचना गरेका छन्। जोशीले सामाजिक सञ्जालमार्फत पल शाहको पछिल्लो फिल्म प्रोजेक्ट र निर्णयहरूलाई लिएर प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “मैले पहिल्यै भनेको थिए, काम गलत गरेका छौ। धेरै चुमचुम गर्दै नहिड्नू भनेको थिएँ। अहिले आएर उहि दुर्गेश दाईको शब्द सापटि लिएर भन्नुपर्दा ख्यास् पुतलि भयौ हैन।”
‘रावायण’ फिल्मको असफलताको प्रमुख कारणको रूपमा चलचित्र मुख्य पात्र पलको लुकमा देखाइएको नक्कली दार्ही र कपालको प्रयोगलाई फिल्ममा हिन्दी सिनेमाको धेरै प्रभाव देखिएको जस्ता विषयमा दर्शक र संचार माध्यमबाट आलोचना खेप्नुपरेको थियोे ।
मुख्यतः रावायणमा हिन्दी सिनेमाको नक्कलको आरोप हो। फिल्मको कथानक र दृश्यहरूमा भारतीय सिनेमाबाट प्रेरित र नक्कल गरिएको भनाइहरू आएका थिए । यसले दर्शकहरूको मनोबलमा असर पारेको र फिल्मको मौलिकता र सृजनशीलतामा प्रश्न उठाएको छ।
यो कटाक्ष र आलोचना पल शाहको करियर र फिल्म उद्योगमा तातो बहसको विषय बनेको छ।







