आज साझ  राष्ट्रपतिको निर्वाचनको विषय केन्द्रित गरेर बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ ।

बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

राष्ट्रपतिको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ भने पुरानो गठबन्धन ब्युतिने सम्भावना प्रवल बनेर आएको छ । यदि नेकपा एमालेले उठाएको उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन नगर्न हो भने अहिलेको सताको समीकरण पनि फेरबदल भइ नया स्वरुपमा सरकार निर्माण हुने राजनीतिज्ञहरुले विश्लेषण गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय