नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विविध कार्यक्रममा सरिक हुने भएका छन्। स्रोतका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलसँग आज बिहान ८ बजे बोहराटारमा सभामुख देवराज घिमिरेले भेटवार्ता गर्ने कार्यक्रम छ।

यसपछि नवनिर्वाचित राष्ट्रपति पौडेले साढे ८ बजे गुह्यश्वरी दर्शनमा निस्कनेछन् भने लगत्तै बिहान ९ बजे पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ।

यस्तै आज बिहान ११ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय