पौष १७ काठमाडौ / राष्ट्रियसभाको निर्वाचन प्रक्रिया आज बाट सुरु हुँदैछ। राष्ट्रियसभाका १९ सदस्यका लागि माघ १२ गतेलाई निर्वाचन हुँदैछ ।त्यस अन्तर्गत मतदाताको नामावली प्रकाशन, दावी तथा विरोधको उजुरी लगायत नाम सच्याउन,दरखास्त दिने लगायतका कामहरु हुनेछन्।

राष्ट्रियसभा निर्वाचनमा जम्मा २ हजार २५ मतदाता छन् भने मतदानका लागि ८ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ।

त्यसैगरी, १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । आयोगले दिएको जानकारी अनुसार १९ पुसमा मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २१ पुसमा उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय