राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सबै उम्मेदवारहरु बिजयी भएका छ्न नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट बिजय भएकोमा नेकपा एस का उपाध्यक्ष जयन्ती राई, केन्द्रीय सचिव गरिमा शाह, केन्द्रिय सदस्यहरु गोमा तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहोरा लगायत गठबन्धनको तर्फवाट निर्वाचित भएका राष्ट्रियसभाको निर्वाचनमा सदस्यहरुको बिजय भएका हुन ।
हिजो सम्पन्न भएको राष्ट्रियसभा सदस्य १९ सिटका लागि निर्वाचन भएको थियो भने गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी नेपाल तथा राष्ट्रिय जनमोर्चा सहितको उम्मेदवारहरुले राष्ट्रियसभाका चुनाव लडेका थिए ।
राष्ट्रियसभाको रिक्त १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजे सम्म मतदान भएको थियोे भने यसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको थियोे ।







