रौतहट, असोज २८ – घुमुवा प्रहरीको नक्कल गर्दै ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। परोहा नगरपालिका–२ निवासी ३५ वर्षीय सुनिलकुमार बैठालाई आइतबार राति करिब साढे ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।
बैठाले आफूलाई घुमुवा प्रहरी भनेर सर्वसाधारणसँग रकम असुल्न खोजेको आरोपमा पक्राउ गरिएको हो। उनले विभिन्न व्यक्तिहरूको जिउ तलासी गर्ने, हप्काउने र तर्साउने जस्ता गतिविधि गर्दै ठगी गर्न खोजेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
बैठालाई परोहा–२ लालबकैया पुल नजिकैबाट पक्राउ गरिएको हो। हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







