पौष ११ – नेपाल कम्युनिस्ट पार्टि( एकीकृत समाजवादि) लुम्बिनी प्रदेश कमिटीको आयाेजनामा दाँङकाे राप्ती गाउपालिकामा बृहत भेला बाट प्रशिक्षण कार्यक्रम शुरु भएको छ। सो प्रशिक्षण कार्यक्रम राप्ती गाउपालिका पाखापानिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालकाे प्रमुख आतिथ्यमा भेला प्रशिक्षण शुरू भइरहेकाे हो।
उक्त बृहत भेला प्रशिक्षण कार्यक्रममा नेकपा (एस) का उपमहासचिव प्रकाश ज्वाला, सचिव भागवत बिश्वासि, पाेलिट्ब्युराे सदस्य निर्मल सुवेदी लगायत केन्द्रीय कमिटिका सदस्यहरु , केन्द्रीय निकाय र बिभागका नेताहरुको पनि सहभागी रहेकाे थियाे ।
भेलामा १२ जिल्लाबाट हजाराै कार्यकर्ताहरूका सहभागी भएका थिए । भेलाकाे अध्यक्षता नेकपा (एस) का नेता मेटमणि चौधरीले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिब राजु गुरूङले गरेका हुन । उपस्थित सबैलाई दाँङ इन्चार्ज जाेगबहादुरले गरेका थिए भने भेलामा सयाै युवाहरूले पार्टिमा प्रबेश गरेका थिए ।प्रदेश प्रशिक्षण भेला तथा बैठक भाेलिसम्म सञ्चालन हुनेछ । साे प्रशिक्षण भेलामा महासचिव बेदुराम भुषाल, उपाध्यक्ष प्रमेश हमालकाे उपस्थितिमा रहने भनी जानकारी प्राप्त भएको छ।







