काठमाडौँ, असोज २७ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाखभन्दा बढी घुससहित रंगेहात पक्राउ गरेको छ।

प्राप्त उजुरी र गोप्य सूचनाका आधारमा आयोगको टोलीले दाहालको कार्यकक्षमै छापा मारेर रु एकलाख बीस हजार पाँचसय असि रुपैयाँ  नगदसहित उनलाई नियन्त्रणमा लिएको हो। दाहालले अस्पतालका विभिन्न सप्लायर्स र ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम छिटो छरितो पार्ने भन्दै रकम माग गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

“उनको कार्यकक्षबाट घुसका रूपमा लिएको नगद रकम, एक थान मोबाइल डिभाइस र अन्य सम्बन्धित कागजातहरू बरामद गरिएको छ,” पौडेलले बताउनुभयो।

अहिले दाहालमाथि थप अनुसन्धान अगाडि बढाइएको आयोगले जनाए। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समेत घुस प्रथाले गहिरो जरा गाडेको यो घटनाले देखाएको छ। जनताको करदाताको पैसाबाट सञ्चालित अस्पतालमा सेवा लिन होइन, सुविधा पाउनकै लागि घुस तिर्नुपर्ने अवस्था अन्त्य गर्न अख्तियारका यस्ता कारबाहीहरूलाई निरन्तरता दिन जरुरी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय