बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आगामी २०८१/०६/०५ गते शनिबारका दिन आयोजना गर्ने निर्णय गरेको छ। संस्थाको यो निर्णय संस्था सञ्चालक समितिले २०८१/०५/०९ मा बसेको बैठकमा सर्वसम्मतले पारित भएको हो। साधारण सभा लोहिटि रिसोर्टमा बिहान ११:३० बजेबाट सुरु हुनेछ।

साधारण सभामा छलफल गरिने प्रमुख विषयहरू निम्नानुसार छन्:
१. सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने।
२. लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्ने र पारित गर्ने।
३. आगामी आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण।
४. सञ्चालक समितिको आगामी कार्यकालको लागि निर्वाचन प्रक्रिया।
५.शेयर लाभांश र संरक्षित पूंजी फिर्ता कोष सम्बन्धी निर्णय।

  कार्यक्रम मिति र स्थान:
मिति: २०८१/०६/०५ (शनिबार)
– समय: बिहान ११:३० बजे
– स्थान: लोहिटि रिसोर्ट, बुढानीलकण्ठ

संस्थाले साधारण सभामा भाग लिन सबै सदस्यलाई समयमै उपस्थित हुन सूचित गरिएको छ।उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भई आफ्नो अमूल्य सुझाव राख्न संस्था अध्यक्षले अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय