काठमाडौ जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।
आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले नेपालको क्रिकेटर समेत रहेका सन्दिप लामिछानेलाई दोषी ठहर गर्दै सजायको आदेश दिएको छ ।
सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । यधपी सजाय निर्धारणको लागि अर्को पेशी तोकि तोकिएको छ । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ।







