भदौ १४, काठमाडौ /बागमती अन्लाईन खबर                                                                      नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधबकुमार नेपालले युवाहरु नेतृत्वतहमा आउन क्रियासिल हुन काठमाडौ क्षेत्र नम्बर ४ का युवाहरु लाई आह्वान गरेको छ।

आज नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ लगायत समाजबादी टेड्रयुनियनका केन्द्रिय महासचिव राम तामाङ गोले सहित काठमाडौ क्षेत्र नम्बर ४ का युवाहरु सङग गरिएको शुभकामना आदानप्रदान प्रदान कार्यक्रममा पार्टीका अध्यक्ष माधबकुमार नेपालले युवाहरुको सकारात्मक भुमिका समाज कल्याणको लागि अपरिहार्य तथा राजनीतिमा पनि नेतृत्वतह आउन आह्वान गरेको छ।

नेपालका अनुसार युवाहरु प्रती मेरो साथ सहयोग जहिले पनि रहने तर्क दिदा समाजवादी ट्रेडयुनियनका महासचिव तामाङले आफुमा थप उर्जा थपिएको महसुस गरेको बताएका छन भने काठमाडौ क्षेत्र नम्बर ४ का युवा कार्यकर्ता  तथा समाजसेवी सुबास श्रेष्ठले पनि अध्यक्ष बाट पाएका निर्देशन अनुसार संगठन बिस्तार लगायत अन्य राजनैतिक गतिविधिलाई केन्द्र बिन्दुमा राखेर सहकार्य मार्फत थप मजबुत बनाउन लागिपर्न बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय