समाजवादी मोर्चाले मंगलबार आज लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना गर्दै छ।आज दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने कार्यक्रम रहेको छ। अरू नेताहरू भने बिहान १० बजे पुग्ने राजकिशोरले बताए।समाजवादी मोर्चाको यो सन्देश सभा हो। मोर्चाले सातै प्रदेशमा यस्तो सन्देश सभा गर्दै छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय