समायोजन बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा हुने भएको छ । बूढानीलकण्ठ नगरपालिकाको उत्कृष्ट सहकारी मध्यको एक सहकारी समायोजन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य हरुलाई सुखदुःखमा निरन्तर सेवा प्रदान गरिरहेका छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ चपली अवस्थित समायोजन बचत तथा ऋण सहकारी संस्था यहि मिति २०७९ पौष १६ शनिबारको दिनमा सहकारीको १३ औ साधारण सभा हुने भएको हो ।
बूढानीलकण्ठ अवस्थित तपेस रिसोर्टमा बिहान ११ बजे देखि ३ बजे सम्म हुने वार्षिक साधारण सभामा आफ्ना सदस्यहरु लाई सहभागी हुन निमन्त्रणा समेत गरेको छ ।
उक्त सहकारी संस्थाको ब्यवस्थापकमा दामोदर पौडेल रहेका छ्न ।







