बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ०३ अवस्थित रहेको समायोजन बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारणसभा हुने भएको छ ।समायोजन बचत तथा ऋण सहकारी संस्थाको यहि मिति २०८० सालको पौष महिनाको २० गते शुक्रवारको दिनमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ०३ अवस्थित तपेश रिसोर्टमा उक्त साधारणसभा कार्यक्रम हुने भएको हो ।
शुक्रबार हुने सो संस्थाको बार्षिक साधारणसभामा उक्त संस्थाका प्रबन्ध निर्देशक दामोदर पौडेलद्वारा कार्यक्रममा उपस्थितका लागि अनुरोध गरेको छ । पौडेलका अनुसार “समायोजन बचत तथा ऋण सहकारी संस्था लि. को गरिमामय १४औं बार्षिक साधारणसभा मिति २०८० पौष २० गते शुक्रवार बिहान ठिक १०:३० बजे तपेस रिसोर्ट बूढानीलकण्ठमा भब्य रुपमा सम्पन्न हुँदैछ,सबै सदस्यज्यूहरुलाई पत्र पठाईसकिएको छ,कथंकदाचित पत्र हात परेन भने पनि यसैलाई सुचना मानी कार्यक्रममा उपस्थित हुनुको लागि अनुरोध गर्दछौ,कार्यक्रम हाल सम्मकै उत्कृष्ट हुनेछ साथै कार्यक्रममा खाजा र खानाको ब्यबस्था गरिएको छ। समायोजन सहकारी र मलाई/हामिलाई माया गर्नुहुने हाम्रा सदस्यज्युहरु,हाम्रा छिमेकी,हाम्रा इष्टमित्र,हाम्रा शुभचिन्तक, जनप्रतिनिधिज्युहरु,पत्रकार,समर्थक,शिक्षक,विद्यार्थी,अधिबक्ता,ब्यापारी,भद्रभलादमी सबैलाई कार्यक्रममा स्वागत गर्दछौ । आउनुहोस फेरि एकपटक समायोजन संग सहकार्य गरौ !! समायोजनको कार्यक्रममा सहभागी हुन सदस्य नै हुनु पर्छ भन्ने छैन,,सबैलाई स्वागत छ !! जय सहकारी !!” भनी सबैजनामा कार्यक्रमलाई सब्य अनि भब्य बनाउन अनुरोध गरेका हुन ।
समायोजन बचत तथा ऋण सहकारी संस्थाको यो १४ औं साधारणसभा हो भने संस्थाको कार्यलय बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ०३ अवस्थित चपलीमा रहेको छ ।संस्थाको उक्त साधारणसभामा कार्यक्रममा संस्थाका प्रतिनिधिद्वारा संस्थाको प्रगति विवरण प्रस्तुत गर्ने लगायत अन्य विषयबस्तुहरु समेत रहने जानकारी प्राप्त भएको छ ।







