सहयोगी बहुमुखी क्याम्पस गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ अवस्थित क्याम्पसद्वारा सदस्यता नवीकरणको सन्दर्भमा सम्पूर्ण सदस्यहरूलाई सदस्यता नवीकरणका लागि अनुरोध गरेको छ।
सहयोगी बहुमुखी क्याम्पसको वार्षिक क्यालेन्डर श्रावण महिनाको २४ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकको निर्णय भए अनुसार उक्त क्याम्पसको वार्षिक साधारण सभा मिति २०८१ भाद्र २२ गते शनिबारका दिन आयोजना हुन लागेको हुँदा क्याम्पसका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउँदै क्याम्पसको स्वीकृत विधानको दफा ९ मा भएको व्यवस्था अनुसार क्याम्पस सभाका सदस्यहरूले हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने प्रावधानसमेत रहेको भनी सदस्यता नवीकरण शुल्कसहित नवीकरण गरिदिनु भन्दै अनुरोध गर्दै सूचना प्रकाशित गरेको हो। साथै क्याम्पसको क्याम्पस सभा क्याम्पस सञ्चालन परिषदमा नयाँ सदस्यता लिन चाहने र आजीवन सदस्यता लिन पनि सक्ने भएको हुनाले सहयोगी बहुमुखी क्याम्पसद्वारा सबैमा सूचित गराएको भन्दै सुचना प्रकाशित गरिएको छ ।
साथै थप जानकारीका लागि सम्पर्क व्यक्ति लेखापाल शारदा श्रेष्ठ सम्पर्क नम्बर ०१४८ ०१०४३ ९८४३ १७० ००४ र सम्पर्क गर्न समेत अनुरोध गरेको छ। सहयोगी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल श्रेष्ठ रहेका छन ।







