ललितपुरको सातदोबाटोमा रोकेर राखिएको बसमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१५ स्थित सातदोबाटो चोक नजिक रोकेको अवस्थामा महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक रवरत्न पौडेलका अनुसार बस आज अपराह्न चक्रपथमा चल्ने क्रममा रोकेर राखिएको थियो। सातदोबाटोबाट ग्वार्कोतर्फ गइरहेको बस ‘बस पाकेट’मा पार्क गरिएको बेला तार सट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागीको खबर प्राप्त भएपछि तत्कालै प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीले बस पूर्ण रूपमा क्षतिग्रस्त भएको र घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय