साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज( नेप्से )ले नयाँ रेकड कायम गरिएको छ।
यसदिन नेप्से सूचक २९.६४ अंकले बढेर २८५६.७७ विन्दुमा पुगेको हो।
यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.१२ बिन्दुमा मा पुगेको छ।
साताको अन्तिम दिन २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ बराबरको खरिद तथा बिक्री भएको हो।
बिहीबारको दिन सब इन्डेक्स तर्फ बैंकिङ क्षेत्र, फाइनान्स ,होटल क्षेत्र लघुबित क्षेत्र ,लाइफ इन्स्योरेन्स, उत्पादन क्षेत्र , mutal फण्ड र लगानी क्षेत्र तर्फ बढेको छ भने, टेडिङ्ग, जलविद्युत, ननलाइफ इन्स्योरेन्स र अन्य समुह घटेको छ।
साताको अन्तिम दिन 4 कम्पनी सकारात्मक सर्किट लागेको छ जसमा मन्जुश्री फाइनान्स १०%, महिला लघुवित्त बितिय संस्था १०% गोर्खाज फाइनान्स ९.६८% र ग्रीन डेभलप्मेण्ट बैंक ९.५५% ले वृद्धि भएको हो। त्यसैगरी अधिकांश हाइड्रोपावर कम्पनी घटेको छ, जसमा पञ्चकन्या माई हाइड्रोपावरको सेयर मुल्य सबभन्दा बढी५.९२% घटेको छ भने राधी विद्युतको ५.१४%, बरुण हाइड्रोको ४.८०% घलेम्दी हाइड्रोको ४.४१% घटेको छ।
साताको अन्तिम दिन धेरै कारोबार हुनेमा नेपाल पुर्नबिमा कम्पनी,छिमेकी लघुवित्त, लुम्बिनी विकास बैंक,नेपाल बङगलादेश र नेपाल इन्फास्ट्र्क्चर बैंकको धेरै सेयर कारोबार भएको छ।







