बिहीबार सुनको भाउ घटेको छ भने चाँदीको भने स्थिर रहेको छ। यस दिन नेपाली बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदीभने १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको कुरा महासंघले जानकारी दिएको छ।







