नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिका वडा नं ७, रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको छ।

स्थानीय भोला सिंह क्षेत्रीको घरमा निर्माणाधीन ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा तीनजना मजदुर बेहोस भएको उपचारको लागी अस्पताल लगिएको थियोे तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन्।

मृत्यु हुनेमा विनयी-त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी, र २८ वर्षीय मोहम्मद राजा रहेका छन्। उनीहरूलाई बेहोस अवस्थामा उद्धार गरी भैरहवाको मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषित गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय