सिनेमा ‘ह्रस्व दीर्घ’ को टिजर कात्तिक ३० गते प्रदर्शन मिति तोक्दै सार्वजनिक गरिएको छ। फूलपातीको अवसरमा सार्वजनिक टिजरमा सस्पेन्स र रोमान्सको मिश्रण देखाइएको छ, जहाँ ग्रह, नक्षत्र, र भाग्यका प्रभावले प्रेममा रहेका पात्रहरूको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ।

मुख्य कलाकार हरिहर अधिकारी र नीता ढुंगानाको अभिनय रहेको यो चलचित्रमा चर्चित कलाकार रेखा थापा पनि देखिएकी छन्। टिजरमा संवादको न्यूनता राखेर सस्पेन्सको माहोल सिर्जना गरिएको छ।

साउथका चर्चित कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, र कबीर दुहनको पनि उपस्थिति रहेको ‘ह्रस्व दीर्घ’ तीन भाषामा— नेपाली, तेलुगु, र हिन्दी— रिलिज हुनेछ। यो चलचित्र चन्द्र पन्तको निर्देशनमा बनेको हो, जसमा बलिउडका छायांकार कवीरलालको काम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय