काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको बताएका छन् । उनले आज राजधानीमा आयोजित कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिँदै यस्तो बताएका हुन् ।
उनले भने , चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुनःस्थापित हुने दिशामा अघि बढ्ने छौं,’







