उच्च अदालत बार एसोसिएसन पाटन कार्यसमिति निर्वाचन २०८१ को लागि अधिवक्ता गोपाल श्रेष्ठको प्यानलले निर्वाचनका लागि मतदानका लागि भन्दै सामाजिक संजाल लगायत अन्य माध्यमवाट मतदान गर्ने आह्वान गर्दै निर्वाचनको प्रचारप्रसार निरन्तर लागि रहेको छ ।
यही मिति २०८१ भदौ १ गते हुन गइरहेको उच्च अदालत बार एसोसिएसन पाटनको कार्यसमिति निर्वाचनमा अधिवक्ता गोपाल श्रेष्ठको नेतृत्वको लागि सामाजिक लोकतान्त्रिक पेशागत कानुन व्यवसायी समूहलाई विजय गराउन भन्दै पुरा कार्यसमिति नै निरन्तर मतदानका लागि आह्वान गर्दै अधिवक्ता गोपाल श्रेष्ठको प्यानल लागि परेको हो ।
लोकतान्त्रिक समाजवादी प्यानलमा अध्यक्षमा अधिवक्ता गोपाल श्रेष्ठ उपाध्यक्षमा अधिवक्ता दुर्गा प्रसाद चिमरिया त्यसैगरी सचिवमा अधिवक्ता देवीप्रसाद रिजाल र सहसचिवमा अधिवक्ता यशोदाकुमारी पाण्डे कोषाध्यक्षमा अधिवक्ता लक्ष्मी रेग्मी त्यसैगरी महिला सदस्यमा अधिवक्ता उषमा पोखरेल रहेका छन भने खुल्ला सदस्यमा अधिवक्ता नवीन धिताल , अधिवक्ता जमुना भुषाल, अधिवक्ता राजन केसी, राज कुमार महतो र दुर्गा प्रसाद खनाल छ्न ।
उच्च अदालत बार एसोसिएसन मुलुकभरकै सबैभन्दा कानुन व्यवसायी आबद्ध रहेको मानिन्छ।







