कार्तिक २७ काठमाडौ
अबको आउँदा दिनहरुमा नेकपा एमाले र के.पी ओली जताततै बाट पराजयको खबर मात्र सुन्न तयार रहन नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले चुनौति दिनुभयो ।
नेपाल खेलकुद महासंघको सचिवालय वैठकलाई सम्बोधन गर्दै ‘संविधान लोकतन्त्र र समाजवादको संरक्षणको लागि बनेको हाम्रो गठबन्धन आगामी संसदीय विर्नाचन सम्म’ कायम नै रहने बताउनु भयो ।
आगामी राष्ट्रिय सभाको र अरु उपनिर्वाचनहरु देखि नेकपा एमाले जनताबाट बढारिने कार्य शुरु हन्छ ।
देशव्यापी रुपमा नेकपा (एकिकृत समाजवादी) प्रतिको जनताको बढदो आकर्षण र पार्टी प्रवेशको लहर ले यही कुराको संकेत गरि रहेको छ । त्यसैले खेलकूद महासंघ पनि समाजवादी आन्दोलन पुर्न गठितको यो अभियानमा नयाँ उत्साह जाँगरका साथ ससक्त ढंगले लाग्न आग्रह गर्नुभयो साथै सचिवालयको वैठक केशव विष्ठको अध्यक्षतामा काठमाडौंमा बसिरहेको छ ।








