परराष्ट्रमन्त्री आरजु देउवाले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा आज इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरुसँग परामर्श गरेकी छिन्। यस क्रममा उहाँले ती देशमा रहेका नेपाली नागरिकहरुको अवस्था र सुरक्षा सम्बन्धी जानकारी लिएकी हुन्।

राजदूतहरुले नेपालीहरु हालसम्म सुरक्षित रहेको र अप्ठेरोमा परेका नेपालीहरुलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको जानकारी गराएका छन्।

मन्त्री देउवाले आवश्यकताअनुसार नेपाली नागरिकहरुलाई सहयोग र समन्वय गर्न तथा उद्धार गरेर स्वदेश फर्काउनुपर्ने अवस्था भएमा त्यसका लागि गृहकार्य गरेर निरन्तर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय