इलाम क्षेत्र नम्बर दुईबाट उपनिर्वाचनका लागि एमालेका उम्मेदवार सुहाङ्ग नेम्वाङको नाम सिफारिस भए सङ्गै नेम्वाङद्वारा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

निर्वाचन आयोग नेपालद्वारा विभिन्न निर्वाचन क्षेत्रहरुमा खाली भएको ठाउँमा उपनिर्वाचन मार्फत निर्वाचन गराएर उक्त क्षेत्रहरुबाट आयोगमा दर्ता भएका दल लगायत अन्य उम्मेदवारको सुची प्रकाशन लगायत दलहरुलाई निर्वाचन चिन्ह प्रदान समेत गरिसकेको छ ।इलाम लगायत बझाङ जिल्लामा हुन लागेको उपनिर्वाचनको लागि विभिन्न राजनैतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन । जहाँ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २० वटा दलहरु दर्ता भएका छन भने प्रदेशसभा निर्वाचन क्षेत्रका लागि १९ दलहरु दर्ता भएका छन ।

इलाम निर्वाचन क्षेत्र अहिलेको समयमा विशेष चर्चामा रहेको छ किनकी उक्त निर्वाचन क्षेत्र निवर्तमान सभामुख सुवास नेम्वाङको निर्वाचन क्षेत्र हो भने नेम्वाङले उक्त क्षेत्रबाट एमालेका तर्फबाट बिजय हासिल गरेका थिए यद्यपि उनको मृत्यु भैसकेको हुनाले उक्त निर्वाचन क्षेत्रमा उनकै छोरा एमालेको तर्फबाट सुहाङ्ग नेम्वाङको नाम उम्मेदवारको लागि सिफारिस भएसङ्गै हाल हुन लागेको उपनिर्वाचनमा उनी उम्मेदवार बनेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय