असार ,१२ काठमाडौ। यातायात व्यवसाय बन्द भएको लगभग २ महिना बितिसकेपछि यातायात व्यवसायीहरुले पनि निश्चत मोडालिटी तय गरि यातायात लाइ संचालनमा ल्याउनको लागि सिसिएमसी सामु प्रस्ताब लाने जानकारी प्राप्त भएको छ।
यस व्यवसाय लाइ कसरि सुरचित रुपमा संन्चालन ल्याउन सकिन्छा भनी गृहकार्य थालेको र यस समबन्धि काठमाडौ उपत्यका लगायत ललितपुर र भक्तपुरका जिल्ला प्रमुख हरुको छलफल थालेको हो ।
काठमाडौ जिल्ला प्रमुख कालीप्रसाद पराजुली दिएको जानकारी अनुसार असार १४ पछि स्वास्थ्य मापदण्ड अपनाएर नया मोडालिटीका साथ बिभिन्न निकायको साथमा यस व्यवसायलाइ संचालनमा ल्याउन तयारि साथ छलफल सुरु भएको जानकारी दिएको हो। मोडालिटी कस्तो ल्याउने र जोर बिजोर या संख्या नै तोकेर यातायात चलाउन यकिन गरि सकिने स्वाथ्य मापदण्ड लाइ पुर्ण पालन गरिने कुरामा काठमाडौ जिल्ला प्रमुख सकारात्मक देखिएको श्रोत ले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालय ,यातायात व्यवस्था बिभाग ,यातायात मजदुर र यातायात व्यवसायीहरु र प्रमुख जिल्ला अधिकारि बीच यातायात संचालन बिषयमा छलफल भएको थियो।







