भक्तपुर/एकीकृत समाजवादीको भक्तपुरको चागुनारायण नगर कमिटी अध्यक्षमा अन्जना पोखरेल चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टी भक्तपुरले संगठनको विस्तार अभियानलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीले भक्तपुरको चागुनगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न गरेको हो ।

पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । नगर कमिटीको सद्स्यहरु इन्जिनियर सुनिल थापा,एलिसा धमाला,अन्जु विष्ट,शन्कर न्यौपाने,मोहन गौतम,हरिभक्त मास्के,कृष्णहरि तिमल्सिना,लिला बहादुर रोक्का,जानुका फुयाल,राजु श्रेष्ठ,शुशिला शर्मा,एलिशा शर्मा,बचु रोक्का,पुर्ण बहादुर मगर संगै ज्ञानु रोक्का चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर पार्टीका अध्यक्ष श्याम सुन्दर बस्नेत रहेका थिए । सस्थापक सदस्य राम प्रसाद न्योपाने र नगर इचार्ज बासुदेव खडका लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय