काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लपले एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजिएको बताएका छन् । विप्लपले आज राजधानीमा आयोजित एमसिसिविरुद्धको आन्दोलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने , ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’, त्यस्तै उनले देशको माया हुने सवै नेपाली जनतालाई एकजुट एमसिसिविरुद्धको लडाईमा लडन आव्हान गरेका छन् ।







