काठमाडौं – नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ उपत्यका नछाड्न ह्विप जारी गरेको छ। कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेका अनुसार महत्त्वपूर्ण प्रस्तावहरुमा छलफल गर्नका लागि सांसदहरुलाई राजधानीमै बस्न ह्विप जारी गरिएको हो।
सत्तारूढ दलले उपसभामुख इन्दिरा रानाविरुद्ध प्रस्ताव ल्याउने तयारी गरिरहेको बुझिएको छ, जसका कारण कांग्रेसले यस कदम चालेको हुनसक्ने अनुमान गरिएको छ। प्रमुख सचेतक घिमिरेले भने, “विभिन्न महत्त्वपूर्ण मुद्दाहरुमा छलफल गर्न आवश्यक रहेकोले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएको छ।”
यसअघि, नेकपा एमालेले पनि आफ्ना सांसदहरुलाई राजधानी नछाड्न ह्विप जारी गरेको थियो।







