काठमाडौँ महानगरपालिकाले काठमाडौँ क्षेत्रभित्र संचालनमा रहेका खुद्रा तथा थोक बिक्री स्थलहरूलाई आफ्नो व्यवसायिक क्रियाकलापमा पारदर्शिता र उपभोक्ता हितको संरक्षण सुनिश्चित गर्न निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै, पसलबाट बिक्री गरिने वस्तु तथा सेवाको सम्बन्धमा केही अनिवार्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ।

महानगरपालिकाले पसलहरूको अग्रभागमा मूल्य सूची राख्न अनिवार्य बनाएको छ, जसले उपभोक्ताहरूलाई सहज रूपमा सामानको मूल्य बुझ्न सकियोस्। साथै, पसलले कुनै पनि वस्तु अङ्कित अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढीमा बिक्री गर्नु नपाउने स्पष्ट निर्देशन दिएको छ। यसका साथै, बिक्री गरिने वस्तुहरूको उपभोग गर्ने अवधि बाँकी रहेको मात्र मालसामान बिक्री गर्नुपर्ने र खाद्य, पेय लगायतका वस्तुहरूको गुणस्तर, शुद्धता र स्वच्छता सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

सूचनामा काठमाडौँ महानगरपालिकाले यदि अनुगमनका क्रममा कुनै पसलले यी मापदण्ड पालना नगरेको पाइएमा वा कुनै गुनासो परेमा, महानगरको अनुगमन टोलीले प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। यसकारण व्यवसायीहरूलाई तोकिएका मापदण्डहरू कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ।

साथै, उपभोक्ताहरूलाई पनि स्वच्छ र गुणस्तरयुक्त सामान खरिद गर्न सचेत रहन आग्रह गरिएको छ। उनीहरूले पसलमा उपलब्ध वस्तुहरूको मूल्य, गुणस्तर, र उपभोग अवधि जाँच गरेर मात्र सामान खरिद गर्न महानगरपालिकाले सुझाव दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय