मंगलबार बिहान ६ बजेको पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ९ हजार ६ सय ५ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार १ सय ४ मतले पछ्याइएरहेका छन् ।बालेन र स्थापितको मतान्तर ४ हजार ५ सय १ रहेको छ ।नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

काठमाडौंको उपमेयरतर्फ सुनिता डंगोलले ७ हजार ८ सय ३० मत ल्याएर अग्रस्थानमा छिन् भने गठबन्धनका रामेश्वर श्रेष्ठ २ हजार २ सय २० मत ल्याएर दोस्रो स्थानमा छन् ।काठमाडौंमा १ लाख ९० हजारले मतदान गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय