पौष १४ काठमाडौ /   मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ भने देशका धेरैजसो स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

महाशाखाले बुधबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भनी जानकारी प्रदान गरेको हो त्यसैगरि उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसैका कारण देशभर माैसम बदली तथा वर्षा र हिमपात भइरहेकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय