काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निकटतम प्रतिस्पर्धि एमालेका केशव स्थापितभन्दा ५ सय ९० मतको अग्रता लिएका छन्। ४ हजार ४ सय ४४ मतगणना हुँदा बालेनले १ हजार ५ सय ७५ मत प्राप्त गरेका छन्।

एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन्।

राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन्। अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय