नविना श्रेष्ठ
आषाढ ४,२०८०
काठमाडौ महानगरपालिका प्रदेश (क) मा रहेको २,४,५ तीन वटा वडाहरुको एकैसाथ विशिष्ट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेश (क) का सभापति रमेश डंगोलको पहलमा भएको आन्तरिक अभियान कार्यक्रमका प्रमुख अतिथि काठमाडौं जिल्लाका सभापति कृष्ण सबुत बानियाँ रहेको थियो भने विशिष्ट अतिथि क्षेत्र नं ५का सभापति संसद श्याम बहादुर खड्का रहेको थियो।
प्रमुख अतिथिले नेपाली कांग्रेस पार्टीले अब हरेक संगठन बलियो बनाउँदै जादा हरेक ठाउँमा शिक्षाको विषयमा पनि धेरै गम्भीर भएर छलफल गर्नु पर्ने सबुत कृष्ण बानियाँले बताए । भने विशिष्ट अतिथिले संगठन सुद्धिकरण गर्नु पर्ने बताए। सबैले आ-आफ्नो पदको ख्याल गरी जिम्मेवारी पूर्वक काम गर्नु पर्ने जनाए। जनताले चुनेर पठाइसकेपछि अब गुनासो मात्र पोख्ने होइन,त्यसको समस्या समाधान गर्दै जानुपर्ने आवश्यकता देखेको बताए। काठमाडौ जिल्लाका उपसभापति गोकर्ण केसीले पार्टी संगठन बलियो बनाउँदै लैजाने हो भने पार्टीका प्रिय व्यक्तित्वहरु एक साथ हिड्नु पर्ने बताउनु भयाे।
प्रदेश (क) का सभापतिले कार्यक्रम एकदमै महत्वपुर्ण कुराहरुमा छलफल भएको र नेपाली काँग्रेसको संगठनलाई मजबुद गर्न सबैजनाले आफ्नो ठाउँबाट जिमेवारि पूर्वक एक साथ काम गरी अगाडि बढ्न आग्रह गरेका छन्।
प्रदेश क मा पनि तरुण दलको आवश्यकता रहेको सभापति रमेश डंगोलले बताएका छन्। कार्यक्रममा नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधिहरु, महानगर बासीका २,४,५ वडाका सक्रिय क्रियाशील सदस्यहरु, लगायत विभिन्न उच्च तह र तकामा रहनुभएका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो







