कास्की, ३१ साउन । पोखरा महानगरपालिका-१८ मेथलाङ्गस्थित सडकमा ग.१ च ७२३४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा कार चालक नवलपरासी घर भई हाल पोखरा बस्ने ४४ वर्षीय बद्री बहादुर खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सहारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







