काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्र आजदेखि लगाइदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो ।
महाशाखाले जापानबाट र भुटानबाट आएको खोप लगाइने जनाएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइनेछ ।







