मनसुन सुरु भएसङगै निरन्तर देशभर वर्षा भएको छ । सप्तकोशी नदीको जलसतह पनि निरन्तर बढ्दै जादा कोशी ब्यारेजका ४१ बटा ढोका खोलिएको छ ।
आज बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको भनि सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ सो मापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।
निरन्तर पानीको बहाबमा वृद्धि रहेको भन्दै सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले भन्दै उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।







