बुढानिलकण्ठ नगरपालिकामा फेरि बिधालय ब्यवस्थापन समिति गठन प्रक्रिया अप्राकर्तिक ढंगले भएको विषयलाई लिएर नगरको बाताबरण तरंगित बनेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बरमा २ रहेको गणेश माध्यमिक बिधालयको ब्यवस्थापन समिति गठन गर्ने निर्णयमा किर्ते हस्ताक्षर गरिएको भन्दै उक्त वडा समितिका सदस्यहरुले विरोध गरेको छ।
बूढानीलकण्ठ नगरपालिकामा रहेको गणेश माध्यमिक बिधालय ब्यवस्थापन समिती गठनप्रती बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को वडा सदस्यहरु असन्तुष्ट भएको छ । बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को चारजना वडा सदस्यहरुले असहमति जनाएको छ।
बूढानीलकण्ठ नगरपालिका समक्ष बिधालय ब्यवस्थापन समिति गठन त्रुटीपूर्ण रहेको भन्दै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा सदस्यहरु बिनोद लामिछाने , राजकाजी श्रेष्ठ ,पार्वती श्रेष्ठ र सीता सुनार सहितको वडा समितिको निर्णय त्रुटीपूर्ण रहेको बताएको हो। वडा समितिको बैठक बस्दा बिधालय ब्यवस्थापन समिति गठन गर्ने भनि निर्णय नभएको वडा सदस्यहरुले दावी गरेको छ भने उक्त बैठकमा निर्णय नम्बर ६ मा बिधालय ब्यवस्थापन समितीको अध्यक्षमा राजेन्द्र श्रेष्ठ र सदस्यहरुमा मोहन प्रसाद लामिछाने , निशा बराललाई चयन गर्ने भनिएको निर्णय नभएको दावी गरेको हो ।
गणेश माध्यमिक बिधालय ब्यवस्थापन गठन सम्बन्धी निर्णयमा आफुहरुको सहमती र समर्थन नरहेको र त्यसमा हस्ताक्षर समेत नगरेको भन्दै उनीहरूले निष्पक्ष छानविनको माग समेत गरेका छन।








