गण्डकी प्रदेश सरकारमा सहभागी भएका स्वतन्त्र सांसद राजीव गुरुङ, जसलाई मनाङे नामले पनि चिनिन्छ,ले मन्त्री पदबाट राजीनामा दिएका छन्।पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेले सरकार पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए। तर, यस मन्त्रालयको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको घोषणा गरेका छन्।

मनाङेले संचार माध्यमसँग कुरा गर्दै भने, “मैले राजीनामा स्वकीय सचिव सन्तोष अधिकारीसँग पठाइसके, अब सरकारमा नजाने, अल्छी लाग्यो। कति खाने के, रेष्ट गर्नुपर्छ अब।”मन्त्री  स्वकीय सचिव सन्तोष अधिकारीले पनि मन्त्री पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनुको मुख्य कारण वन तथा वातावरण मन्त्रालयप्रति असन्तुष्टि रहेको उनले स्पष्ट पारेका छन्। मनाङेले आफूले चाहेको मन्त्रालय नपाएपछि सरकारमा रहनुको कुनै औचित्य नरहेको बताउँदै, अब सरकारबाट बाहिरिएर स्वतन्त्र हैसियतमा काम गर्ने संकेत दिएका छन् ।उनले आफ्नो निर्णयको बारेमा अन्तिम घोषणा चाँडै गर्ने बताउँदै, आफ्नो क्षेत्रको जनताको पक्षमा काम गर्न कुनै पनि कदम चाल्न तयार रहेको स्पष्ट पारेका छन्।

यो घटनाले गण्डकी प्रदेश सरकारको पुनर्गठनमा थप चुनौती सिर्जना गर्ने सम्भावना देखिएको छ। मनाङेको राजीनामापछि सरकारमा नयाँ समीकरणको आवश्यकता पर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय