काठमाडौं। चर्चित गायिका समीक्षा अधिकारी डेंगी संक्रमणबाट पीडित भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई डेंगी भएको जानकारी दिँदै स्वास्थ्यसम्बन्धी अपडेट शेयर गरेकी हुन्।

अहिलेका व्यस्त गायिकामध्ये एक समीक्षा, मेला महोत्सवदेखि स्टेज कार्यक्रमसम्म अत्यधिक मागमा छिन्। हालै तीजको अवसरमा जापान र अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिएर नेपाल फर्किएकी उनी चाँडै नै अमेरिका जाने तयारीमा थिइन्।

काठमाडौंसहित देशभर डेंगीको प्रकोप तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार हालसम्म ७६ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ। हुम्लाबाहेक अन्य सबै जिल्लामा डेंगीको प्रकोप फैलिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय