गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्ण माइती नेपालको प्रतीक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बिहीबार बिहान करिब ५० वर्षको अनुमान गरिएका ती पुरुषको नाम, थर, वतन अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरीका अनुसार शव घटनास्थलमा मुचुल्का उठाएर थप अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ। मृतकको पहिचान खुलेपछि थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। प्रहरी घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय