काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्ति भएको बताएका छन् । भट्टराईले आज जसपाको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानमा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने , अब एक हप्ताभित्रै हामी सरकारमा सहभागी हुनेछौँ । तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जानेछ ।







