मंसिर २९/ नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरि जिरी नगरपालिका नेकपा एमालेको नगर सचिबालय सदस्य तथा युवानेता पुष्कर कार्की, पुरानानेता नुर्पा दावा शेर्पा राष्ट्रिय युवा संघ नेपाल जिरी नगर कमिटी उपाध्यक्ष समेत रहेका दोलखा जिल्ला सदस्य ईश्वर कार्की लगायत दर्जनौं युवा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छन।
दोलखा जिल्लाको राजनीतिलाई प्रभाव पार्न सक्ने नेताहरु लाई नेकपा एकीकृत समाजवादीका पार्टी अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन।नेकपा एकीकृत समाजवादीले साङ्गठनिक गतिविधिलाई तिब्रता प्रदान देशभरी गरिरहेका छन।







