डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ह्याकिङ भएको दाबी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले भइरहेको राष्ट्रपति अभियानमाथि विभिन्न ह्याकिङ भइरहेको र ती ह्याकिङ्गमा इरानको हात रहेको पनि अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका छन्।
अमेरिकी गुप्तचर एजेन्सी एफबिआइ लगायत अन्य निकायहरूले संयुक्त विज्ञप्ति निकालेपछि यो विषयको खुलासा भएको हो। इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय लिएर बैमनस्यता उत्पन्न गराउन र लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वासलाई अवमूल्यन गर्न खोजेको पनि बताएका छन्। डोनाल्ड ट्रम्पको चुनावी अभियानमा अमेरिकाको आन्तरिक मामिला भएको सन्देशलाई इरानले ह्याक गरेको आरोप लगाएको भएतापनि इरानी अधिकारीहरुले त्यो आरोपलाई अस्वीकार गर्दै आएका छन्।
विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई बताए अनुसार इरानी ह्याकरले डेमोक्रेटिक दलकी उम्मेदवार कमल हयारिसको अभियानलाई पनि निशाना बनाएको हो कि भन्ने आशंका गरिएको छ अन्तर्राष्ट्रिय गुप्तचरहरूको समुदाय के पनि विश्वस्त मानिरहेका छन भने तिनीहरुले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासबाट दुवै राजनीतिक दलको चुनावी अभियानसम्म पहुँच भएका व्यक्तिसम्म पुग्ने प्रयास गरेको भन्दै यस्ता गतिविधिमा रोकिनु पर्छ र अमेरिकी चुनावलाई प्रभावलाई निर्मुल पारिनु पर्ने दावी समेत गरेको छ ।







